काठमाडौं : गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन्। मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा गत शनिवार विश्वासको मत नपाएपछि पद मुक्त भएका थिए।
अधिकारी पदमुक्त भएसँगै प्रदेश प्रमुख गुरुङले नयाँ सरकार गठनको आह्वान गरेका हुन्। उनले नयाँ सरकार गठन गर्न बिहीवारसम्मको समय दिएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मिति २०८० बैशाख १४ गते बिहीवार दिनको १६:०० बजेभित्र सरकार गठन गर्न आह्वान गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।’