PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

सन् २०२४ मा पनि राष्ट्रपति निर्वाचनमा लड्ने योजनामा जो बाइडेन



पहिलोपोस्ट

सन् २०२४ मा पनि राष्ट्रपति निर्वाचनमा लड्ने योजनामा जो बाइडेन
Photo : CNN

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ को राष्ट्रपति निर्वाचनमा प्रतिष्पर्धा गर्ने योजनाको घोषणा गरेका छन्। उनले आफ्नो चुनावी क्याम्पेनका लागि म्यानेजरसमेत नियुक्त गरिसकेका छन्।

ह्वाइट हाउसमा बस्ने सबैभन्दा पाका राष्ट्रपति बनेका बाइडेनले फेरि निर्वाचन लड्ने घोषणा गरेका हुन्। 'मिड टर्म' निर्वाचनमा राम्रो नतिजा ल्याएको जस लिएका बाइडेनलाई डेमोक्रेट पार्टीभित्रै बाट अरुले चुनौती दिने सम्भावना भने कम रहेको बताइन्छ।

रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पार्टीभित्र राष्ट्रपतिका लागि उम्मेदवार बन्न घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell