PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

एनआरटी फ्रेण्डस् क्लबसँग पराजित, लय गुमाएको मनाङ पुलिससँग पराजित



पहिलोपोस्ट

एनआरटी फ्रेण्डस् क्लबसँग पराजित, लय गुमाएको मनाङ पुलिससँग पराजित
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न खेलमा न्युरोड टिम एनआरटी फ्रेन्ड्स क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा फ्रेन्ड्स क्लले एनआरटीलाई ३-१ गोलअन्तरले हराएको हो।

खेलको १४ औँ मिनेटमा एफिक एमिनीले गोल गर्दै फ्रेन्ड्स क्लबलाई अग्रता दिलाएका थिए। तर,४० औँ मिनेटमा एनआरटीका सञ्जीव बिस्टले लालमिन्जामाको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। लगत्तै इन्ज्युरी समयमा सेटपिसमा टोरिक जेब्रिनले गोल गर्दा पहिलो हाफमा फ्रेन्ड्स क्लब २-१ गोलले अघि रह्यो।

५५ औँ मिनेटमा पेनाल्टी बक्सभित्र फ्रेन्ड्स क्लबका कप्तान प्रकाश बुढाथोकीले गरेको प्रहार एनआरटीका गोलकिपर विशाल सुनारले बचाएका थिए। फ्रेन्ड्स क्लबका लागि तेस्रो गोल प्रकाश बुढाथोकीले लक्ष्मण रुचालको पासमा खेलको ७६ औँ मिनेटमा गोल गरे।

खेलमा पराजय पछि एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले ससानो कमजोरी हुँदा पराजय ब्यहोर्नुपरेको बताए।

'आज तीन अंकको लक्ष्य थियो। टिममा इन्ज्युरी भयो। इन्ज्युरीले गर्दा टिम सन्तुलित थिएन। सानोसानो गल्तीहरुले पराजय ब्यहोर्नुपर्‍यो। दबाब बढेको छ,' उनले भने।

त्यस्तै फ्रेन्ड्सका प्रशिक्षक उर्जन श्रेष्ठले डिफेन्समा अझै कमजोरी देखिएको बताए।

'हामीले पहिलो हाफमा अवसर धेरै बनायौँ। समयमै गोल निकाल्यौँ। डिफेन्समा कमजोरी देखिएको छ। कहिले को इन्ज्युरी हुने कहिले को इन्ज्युरी हुने,' उनले भने, 'समग्रमा राम्रै फुटबल खेलिरहेका छ। हाम्रो सोच माथि नै आउने हो। धेरै वटामा ब्याडलक भएको छ। ९० मिनेटपछि धेरै खेलमा हारेका छौँ। राम्रो फुटबल खेल्दै जाने हो, टेबल आफै बनिन्छ।'

त्यस्तै मंगलवार नै एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा मनाङ मर्स्याङदी क्लब फेरि पराजित भएको छ। जारी सिजन खराब लयमा रहेको नेपाल पुलिसले मनाङमाथि १-० गोलको जित निकालेको हो। पुलिसको जितमा मोहम्मद आशिकले सातौँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरे। मनाङको यो लगातार पाँचौँ हार हो।

जितसँगै तालिकाको पुछारमा रहेको पुलिसले ९ अंक जोडेर राहतको साँस फेरेको छ। अब पुलिस १३ औँ स्थानकझ हिमालयन शेर्पा भन्दा १ अंकले मात्र पछाडि छ। त्यस्तै फ्रेन्ड्स क्लब १० औँ स्थानमा उक्लिँदा एनआरटी ११ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell