काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत मंगलवार सम्पन्न तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले चर्च ब्वाइजमाथि १-० गोलको संघर्षपूर्ण जित निकालेको हो।
आर्मीको जितमा जिलेस्पी कार्कीले निर्णायक गोल गरे। उनले खेलको १२ औँ मिनेटमा आर्मीलाई अग्रता दिलाएका थिए। त्यसपछि दुबै टोलीले अवसरहरु बनाए पनि गोल भने गर्न सकेनन्।
शुक्रवार नै सम्पन्न बाँकी दुई खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी)लाई २-१ गोलअन्तरले हराउँदा नेपाल पुलिसले मनाङ मर्स्याङदी क्लबलाई १-० गोलअन्तरले हराएको थियो।
जितसँगै १२ खेलबाट १९ अंक जोड्दै आर्मी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुईमा क्रमश २३ र २१ अंक जोडेर जावलाखेल युथ क्लब र थ्री स्टार क्लब रहेका छन्। १२ खेलमा दोस्रो पटकमात्र जित निकालेको अंकतालिकाको पुछारको पुलिसलाई पनि आजको जितले राहत मिलेको छ। पुलिसको ९ अंक रहँदा १३ औँ स्थानमा रहेको हिमालयन शेर्पाको १४ अंक छ।