PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

वाग्मती प्रदेश सभाले पारित गर्‍यो मदन भण्डारी प्रतिष्ठान र चिठ्ठासम्बन्धी विधेयक 



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाले पारित गर्‍यो मदन भण्डारी प्रतिष्ठान र चिठ्ठासम्बन्धी विधेयक 

हेटौडाः वाग्मती प्रदेश सभाले दुई विधेयक पारित गरेको छ। मंगलबारको प्रदेश सभाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा व्यवस्थापन सम्बन्धी विधेयक फाष्ट ट्रयाकमा पारित गरेको हो।

सदस्‍यलाई संशोधनका लागि दिइने समय निलम्बन गरेर विधेयक पारित गरिएको हो। सांसद रत्न ढकालले प्रदेश सभा नियमावली २०७४ को नियम ११०(१) को सो व्यवस्था निलम्बनको प्रस्ताव गरेका थिए।

नियम निलम्बनपछि स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पेस गरेको प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक सर्वसम्मत पारित भएको थियो।

त्यस्तै आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले पेस गरेको प्रदेश स्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित भएको छ।

विधेयक पारित गर्न एकै दिन तीन पटक सभाको बैठक बसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell