PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

बारामा उपेन्द्रको अग्रता कायमैः कुशवाहालाई ३६ सय मतले पछि पारे, चौथो स्थानमा घन्टी



पहिलोपोस्ट

बारामा उपेन्द्रको अग्रता कायमैः कुशवाहालाई ३६ सय मतले पछि पारे, चौथो स्थानमा घन्टी

काठमाडौं उपनिर्वाचन अन्तर्गत बारा २ को मतगणना जारी छ। जारी गणनामा जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादवले अग्रता कायमै राखेका छन्।

निर्वाचन आयोगका अनुसार यादवले २२ हजार ५५२ मत पाएका छन्। यादवलाई जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले पछ्याइरहेका छन्। कुशवाहाले १८ हजार ९२३ मत पाएका छन्।

यादव र कुशवाहाको मतान्तर तीन हजार ६२९ रहेको छ।

यस्तै एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले ६ हजार ५०१ मत पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार ८६१ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell