काठमाडौं : बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्। २८ हजार ४१५ मत ल्याउँदै उनी निर्वाचन भएका हुन्।
उनका प्रतिष्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३,३३४ मत र नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा जसपाबाट निर्वाचित रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि सो क्षेत्रमा आइतवार उपनिर्वाचन भएको हो।