इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई हराएको छ। अहमदाबादस्थित नरेन्द्रमोदी स्टेडियममा सम्पन्न खेलमा गुजरातले मुम्बईमाथि ५५ रनको जित निकालेको हो।
टस हारेर ब्याटिङमा उत्रिएको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०७ रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको मुम्बई ९ विकेट गुमाएर १५२ रनमा समेटियो।
गुजरातका लागि शुभमन गिलले सर्वाधिक ५६ रन बनाउँदा बिस्फोटक ब्याटिङ गरेका डेभिड मिलरले २२ बलमा ४६ रन तथा अभिनभ मनोहरले २१ बलमा २१ बलमा ४२ रन बनाए। बलिङतर्फ मुम्बईका पियुस चावलाले २ विकेट लिँदा अर्जुन तेन्दुलकर, जेसन बेह्रेनड्रोफ, रिले मेरेडिथ र कुमार कार्तिकेयले समान १ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले पहिलो विकेटका रुपमा कप्तान रोहित शर्मालाई २ रनमै गुमाएको थियो। मुम्बईका लागि निहल वदेराले सर्वाधिक ४० रन बनाउँदा क्यामरुन ग्रीनले ३३, सूर्यकुमार यादवले २३ तथा पियुस चावलाले १८ रनको योगदान दिए। मुम्बईलाई लक्ष्यसम्म पुग्न नदिन गुजरातका नूर अहमेदले सर्वाधिक ३ विकेट लिँदा राशिद खान र मोहित शर्माले समान २ र हार्दिक पाण्ड्याले १ विकेट लिए।
जितसँगै ७ खेलबाट १० अंक जोडेको गुजरात तालिकाको दशौँ स्थानमा छ। शीर्ष स्थानको चेन्नइ सुपर किंग्सको पनि समान १० अंक छ। ६ अंक जोडेको मुम्बई भने तालिकाको सातौँ स्थानमा छ।