PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै



पहिलोपोस्ट

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै
Photo: wipo.int

काठमाडौं : ‘महिला तथा बौद्धिक सम्पत्ति : नवखोज र सिर्जनशीलताको बढावा’ नाराका साथ बुधवार नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ।

विश्व बौद्धिक सम्पत्ति सङ्घ (विपो)को पहलमा सन् २००० को अप्रिल २६ देखि विज्ञान तथा प्रविधि, कला तथा साहित्य र उद्योग तथा व्यापार क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनमा सघाउ पुर्‍याउने उद्देश्यले विश्वभर हरेक वर्ष विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने गरिएको छ। नेपाल विपोको सदस्य राष्ट्र हो।

विपोको बौद्धिक सम्पत्तिसम्बद्ध विश्वका आविष्कारक, नवप्रबर्द्धक, लेखक, सर्जकलाई एकापसमा जोडी सम्बन्ध विस्तार गर्ने तथा उनीहरूको सिर्जना र प्रतिभालाई प्रबर्द्धन गरी जनचेतना फैलाउने नीति रहेको छ। विशेष गरी महिला तथा आदिवासी समूहलाई प्राथमिकता दिई विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइने गरिन्छ। दिवसको अवसरमा बुधवार विभिन्न कार्यक्रम आयोजना गरिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell