PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

आगामी बजेट तथा कार्यक्रमका लागि वाग्मती सरकारले माग्यो सुझाव



पहिलोपोस्ट

आगामी बजेट तथा कार्यक्रमका लागि वाग्मती सरकारले माग्यो सुझाव

हेटौंडा : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याउने बजेट तथा कार्यक्रममा आमस्तरबाट सुझाव माग गरेको छ। आव २०८०/८१ को बजेट तर्जुमासम्बन्धी कार्य प्रारम्भ भइसकेले सुझाव दिन सूचना जारी गरेको हो।

बजेटमा समावेश गरिनुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा आफ्ना सुझावहरू ३० बैशाख २०८० सम्म उपलब्ध गराउन विभिन्न संघ, संस्था, वुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, संचारजगत तथा आमनागरिकमा अनुरोध गरिएको छ। मन्त्रालयले इमेल [email protected] मा वा मन्त्रालयमा सुझाव उपलब्ध गराउन आग्रह गरेको हो।

बजेट तथा कार्यक्रमलाई बढी जनमुखी, प्रतिफलमुखी र कार्यान्वयनयोग्य बनाउन सुझाव माग गरिएको अर्थमन्त्री बहादुरसिंह लामाले जानकारी दिए। यही लक्ष्यका साथ हाल सरोकारवालाहरुसँग छलफल एवं परामर्श तथा सुझाव संकलन थालिएको पनि उनले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell