PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता



पहिलोपोस्ट

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाबिच भेटवार्ता
फोटो : रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबिच भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार भएको भेटवार्तामा राष्ट्रियसभा अध्यक्षले रसियाको सङ्घीय संसद् उपल्लो सदनको निमन्त्रणामा भएको भ्रमणकाबारे जानकारी गराएका थिए। यस्तै, संवैधानिक परिषद्सम्बन्धी विधेयक पारित गरेर संसद् अधिवेशन छिट्टै अन्त्य गर्ने विषयमा छलफल भएको राष्ट्रियसभाका अध्यक्षको सचिवालयले जानकारी दिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell