काठमाडौं : नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा होहल्ला भएको भन्दै संसदमा सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले सत्तापक्षकै संलग्नतामा ओलीको कार्यक्रममा होहल्ला भएको आरोप लगाएका हुन्।
'सत्ता पक्षकै त्यहाँभित्र सहभागी भएर भएको छ,' उनले भने।
झापाको बुधवारेमा आयोजित ओली सहभागी भएको कार्यक्रममा होहल्ला भएको उनले बताए। विमानस्थलबाट कार्यक्रममा जाने क्रममा होहल्ला गरिएको उनको आरोप थियो।
'कार्यक्रमस्थल बाहिर बसेर होहल्ला गर्ने कार्यक्रम बिथोल्न अबान्छित गतिविधि गर्ने?,' उनले प्रश्न गरे।
आफ्नो दल लोकतन्त्र चाहने भए पनि सत्ता पक्षका गतिविधि अवान्छित भएको उनको आरोप छ।