PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

कोसी नामाकरण विवाद : ओलीलाई कालो झण्डा देखाउने व्यक्ति पक्राउ गरिएको गृहमन्त्रीद्वारा जानकारी



पहिलोपोस्ट

कोसी नामाकरण विवाद : ओलीलाई कालो झण्डा देखाउने व्यक्ति पक्राउ गरिएको गृहमन्त्रीद्वारा जानकारी

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई अभद्र व्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरिएको बताइका छन्।

प्रतिनिधि सभाको बुधवारको बैठकमा श्रेष्ठले कोसी प्रदेश नाम राखेको विरोधमा ओलीलाई कालो झण्डा देखाइएको बताएका हुन्। कालो झण्डा देखाउनेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको उनले जानकारी दिए। 

ओलीले केही समय अघि कोसी नामाकरण उपयुक्त भएको बताएका थिए। प्रदेश १ को नाम कोसी नामाकरण भएपछि त्यहाँ आन्दोलन हुँदै आएको छ। त्यसैक्रममा ओली झापाको बुधवारेमा आयोजित कार्यक्रममा होहल्ला भएको थियो।

प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ एमालेका मुख्य सचेतक पदम गिरीले सो विषयमा सरकारको ध्यानकर्षण गराएका थिए।

जवाफ दिँदै श्रेष्ठले सरकार शान्ति कायम गर्न दृढ रहेको बताए।

'कुनै पनि नेता। कुनै पनि नेपाली नागरिक स्वतन्त्र पूर्वक हिँडडुल गर्ने अधिकार प्रत्यभूत गर्न सरकार दृढ छ,' श्रेष्ठले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell