PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य



पहिलोपोस्ट

वाग्मती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ।

बुधवार प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले आज मध्यरातबाट प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए।

यस्तै, बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृती दिएको छ। यसैगरि, बैठकले युवा वैज्ञानिक कोष संचालन विधेयकको मस्यौदा तयारीको लागि पनि सैद्धान्तिक स्वीकृती दिने निर्णय गरेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell