PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

'दहाड’ को टिजरमा सोनाक्षी प्रहरीको भूमिकामा



पहिलोपोस्ट

'दहाड’ को टिजरमा सोनाक्षी प्रहरीको भूमिकामा

बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको डेब्यू वेब सिरिज ‘दहाड’ को टिजर सार्वजनिक भएको छ। अमेजन प्राइमले बनाएको वेब सिरिजमा सोनाक्षी प्रहरीको भूमिकामा देखिएकी छिन।

टिजरमा २७ युवतीको हत्याको केस सुल्झाउन सोनाक्षी लागेको देखाइएको छ। क्राइम ड्रामा सिरिजमा सोनाक्षीका साथै विजय वर्मा, गुलशन देवैया, सोहम शाहलगायत कलाकारको अभिनय छ।

८ भागको यो वेब सिरिज राजस्थानी शहरमा छायाङ्कन गरिएको हो।

सो वेब सिरिज रिलिज अघि नै बर्लिन इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रिमियर हुनेछ। यसरी फेस्टिभलमा प्रिमियर हुने यो पहिलो भारतीय वेब सिरिज बन्नेछ। फिल्मको रिलिजमिति भने घोषणा गरिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell