PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

कोरोना संक्रमणबाट एक जनाको मृत्यु



रासस

कोरोना संक्रमणबाट एक जनाको मृत्यु
प्रतीकात्मक तस्विर

काठमाडौंः कोरोना भाइरसको सङ्क्रमणबाट बुधबार एक जनाको निधन भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक सङ्क्रमितको उपचारको क्रममा निधन भएको हो।

यसैगरी बुधबार एक हजार ६३४ जनामा गरिएको परीक्षणमा ८२ जनामा सङ्क्रमण देखिएको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या तीन सय ६१ पुगेको छ। उपचारपछि आज ६५ जना घर फर्किएका छन्।

यस्तै काठमाडौँमा उपत्यकामा २९ जना आइसोलेसन, पाँच जना सघन उपचार कक्ष र एक जना भेन्टिलेटरमा उपचारर छन्। मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गइरहेकाले खोप लगाउन आग्रह गरेको छ।

भारतमा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ देखा परेका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell