PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

शीर्ष स्थानको जावलाखेल हिमालयन शेर्पासँग पराजित, सातदोबाटोको संकटामाथि रवाफिलो जित



पहिलोपोस्ट

शीर्ष स्थानको जावलाखेल हिमालयन शेर्पासँग पराजित, सातदोबाटोको संकटामाथि रवाफिलो जित

काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत बुधवार सम्पन्न तेस्रो खेलमा शीर्ष स्थानको जावलाखेल युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबले २-१ गोल अन्तरले जित निकालेको हो।

शेर्पाको जितमा पिस्टोन मुताम्बाले दुबै गोल गरे। उनले खेलको १० र १९ औँ मिनेटमा गोल गरेका थिए। अर्कोतर्फ जावलाखेलका एन्कोटो मासोअबीले ७२ औँ मिनेटमा गोल फर्काए पनि खेलमा फर्कन त्यो पर्याप्त रहेन।

त्यस्तै आजै दशरथ रंगशालामा सम्पन्न अघिल्लो खेलमा मछिन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका थिए।

त्यहीसमयमा एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले संकटा क्लबमाथि ४-० गोलको जित निकाल्यो। सातदोबाटोको जितमा विलियम ओपोकु र दीपक सिंह ठकुरीले समान २/२ गोल गरेका थिए। ओपोकुले १० र १८ मिनेटमा गोल गर्दा पहिलो हाफमा दुई गोलले अघि रहेको सातदोबाटोका लागि ६८ र ८२ औँ मिनेटमा ठकुरीले गोल गर्दै खेलमा फराकिलो जित निकाल्न सफल भए।

योसँगै १२ औँ चरणको खेल सकिँदा २३ अंक जोडेको जावलाखेल शीर्षस्थानमा, २२ अंक जोडेको थ्री स्टार दोस्रो स्थानमा तथा १९ अंक जोडेको त्रिभुवन आर्मी क्लब तेस्रो स्थानमा छन्। रेलिगेशन क्षेत्रमा रहेका हिमालयन शेर्पा क्लबको १३ र नेपाल पुलिस क्लबको ९ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell