PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

देशका पहाडी भू-भागमा आज दिउँसो र राति पानी पर्ने सम्भावना



पहिलोपोस्ट

देशका पहाडी भू-भागमा आज दिउँसो र राति पानी पर्ने सम्भावना

काठमाडौं : हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका भू-भागहरुमा सामान्यदेखि आंशिक बदली तथा बाँकी भू-भागहरुमा मौसम आंशिक बदलीदेखि समान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार बिहीवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। सुदूरपश्चिम प्रदेश लगायत कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा देशका बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको  सम्भावना रहेको छ।

बिहीवार राति देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell