PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै, समूह विजेता बन्न जित आवश्यक



पहिलोपोस्ट

नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दै, समूह विजेता बन्न जित आवश्यक

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत बिहीवार नेपाल र कतार आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा ९ बजे समूह ‘ए’को अन्तिम खेलमा नेपाल र कतार आमने सामने हुँदैछन्। सोही समयमा समूह ‘बी’का हङकङ र कुवेत मुलपानी मैदानमा भिड्नेछन्।

समूह ‘ए'’बाट नेपालले सेमिफाइनलमा स्थान बनाइसकेको छ भने कतार प्रतियोगिताबाट बाहिरिसकेको छ।

समूह ‘ए’मा ओमन ६ अंक जोडेर शीर्षस्थानमा छ भने ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ। ४ अंक जोडेको मलेसिया तेस्रो स्थानमा, ३ अंक जोडेको साउदी अरब चौथो स्थानमा र अंकविहीन कतार पाँचौँ स्थानमा छन्। यो समूहबाट सेमिफाइनलमा ओमन र नेपालले स्थान बनाइसके पनि समूह विजेताको टुंगो भने आजको खेलपछि मात्र लाग्नेछ।

त्यस्तै, समूह ‘बी’बाट ६ अंक जोडेर यूएईले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। दोस्रो र तेस्रो स्थानमा रहेका हङकङ र कुवेतको क्रमशः ५ र ४ अंक छ। आजको खेलमा विजयी टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। समूह चरणबाटै बहराइन र सिंगापुर भने बाहिरिसकेका छन्।

एसीसी प्रिमियर कपमा १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’मा नेपालसहित ओमन, कतार, मलेसिया र साउदी अरेबिया छन् भने समूह ‘बी’मा यूएई हङकङ, कुवेत, सिंगापुर र बहराइन् छन्।

सेमिफाइनलको खेल बैशाख १६ गते र फाइनल बैशाख १८ गते हुनेछ। बैशाख १७ गते तेस्रो स्थानका लागि खेल हुनेछ।

प्रिमियर कपको विजेताले सोझै एसिया कपमा स्थान बनाउने छ। यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ टिम एसिया कपमा स्थान बनाउने छ।

इमर्जिङ टीम एसिया कपमा भारत ‘ए’, पाकिस्तान ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र बंगलादेशको ‘ए’ टोली हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell