PahiloPost

Apr 18, 2025 | ५ बैशाख २०८२

गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते



रासस

गुल्मीमा जीप दुर्घटना हुँदा सहचालकको मृत्यु, चालक घाइते

गुल्मी : गुल्मीको मालिका गाउँपालिका-२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु १ च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गए राति खाल्टुङ खोला भन्ने स्थानमा दुर्घटनामा हुँदा जीपका सहचालक बागलुङ बडिगाड-९ का १८  वर्षीय किशोर केसीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए। दुर्घटनामा परी जीप चालक बडिगाड-९ का २१ वर्षीय प्रेमबहादुर केसी गम्भीर घाइते भएका छन्। उनको थप उपचारको लागि बिहीवार बिहानै पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रवास लगिएको छ।

जीप दुर्घटनाको जानकारी पाउनासाथ पौदी अमराईबाट प्रहरीको टोली घटनास्थल पुगिसकेको प्रहरी नायब उपरीक्षक पाण्डेले जानकारी दिए। दुर्घटना हुँदा जीप सडकबाट एक सय ५० मिटर तल खसेको बताइएको छ। ‘ब्रेकफेल’ भई जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell