काठमाडौं : सुनको मूल्य बिहीवार घटेको छ। अघिल्लो दिनको तुलनामा सुन एक सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ। बुधवार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।
बिहीवार चाँदीको मूल्य प्रतितोला १४ सय १५ रुपैयाँमा स्थिर छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १४ सय १५ रुपैयाँ थियो।
बिहेको सिजन नजिकिएकोले बजारमा सुनचाँदीको कारोबारमा सुधार देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। एक महिनादेखि सुनको मूल्य महङ्गिएपछि कारोबारमा कमी आएको थियो।
अन्तराष्ट्रिय बजारमा बिहीवार सुन प्रतिऔंस १९९९.७६ डलर र चाँदी प्रतिऔंस २५.८ डलरमा कारोबार भइरहेको छ।