A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69987f46d401f1.39141183): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69987f46d401f1.39141183,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69987f46d43fb8.43206247): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69987f46d43fb8.43206247,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

उपचुनावको नतिजाबारे प्रकाशमानको समीक्षा : नसच्चिए अब कांग्रेसलाई गाह्रै पर्ला!
PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

उपचुनावको नतिजाबारे प्रकाशमानको समीक्षा : नसच्चिए अब कांग्रेसलाई गाह्रै पर्ला!



पहिलोपोस्ट

उपचुनावको नतिजाबारे प्रकाशमानको समीक्षा : नसच्चिए अब कांग्रेसलाई गाह्रै पर्ला!
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताले अपेक्षा गरेअनुरुप काम गर्ने नसकेकाले जनतामा असन्तुष्टि बढेको बताएका छन्। उपचुनावले जनताको चासो प्रष्ट भएकाले बेलैमा कमीकमजोरी सच्चाएर जानुको विकल्प नभएकोसमेत उनको भनाई छ। 

नेपाली कांग्रेस काठमाडौं जिल्लाको पूर्ण बैठकलाई सम्बोधन गर्दै सिंहले समयको मागअनुसार कांग्रेसको कार्यशैलीमा रुपान्तरण गर्न नसके गाह्रोपर्ने अवस्था आएकोसमेत बताए। पछिल्लो समय कांग्रेस पावर बेस पोलिटिक्समामामात्रै केन्द्रित हुँदा यसको परिस्थिति सिर्जना हुन पुगेको उनको तर्क छ।

कांग्रेसले मुल्यमान्यता आदर्शको राजनीतिबाट बिमुख भएकाले परिस्थिति जटिल बन्दै गएको उनको भनाई छ। उप चुनावको नतिजालाई पार्टीले गम्भीरताताका साथ लिनुपर्नेसमेत नेता सिंहको भनाई छ। चुनावी नतिजाको गम्भीर समीक्षा गर्नुपर्छ कमीकमजोरीलाई सुधार्नुपर्छ भन्दै निराश नभइ पार्टी संगठन निर्माणमा केन्द्रित हुनसमेत नेता कार्यकर्तामा आग्रह गरे।  कांग्रेसले पुराना नेता कार्यकताको  उचित सम्मान र नयाँ पुस्तालाई साथ लिएर जान नसक्नु मुख्य कमजोरी भएकाले यसको उचित व्यवस्थापन गर्नतर्फ लाग्नुपर्नेसमेत बताए।  विकसित परिस्थितिबाट पाठ सिकेर कांग्रेसले भावी रणनीति बनाउनुपर्ने नेता सिंहको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell