काठमाडौं : राष्ट्रियसभाको बैठक सरेको छ। बिहीवार आपरह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही बैशाख १५ गते शुक्रवार अपराह्न ४:०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ।
बिहीवार बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शुक्रवार बस्ने गरी निर्धारण गरेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए।