PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

आठ दिनदेखि निराको शव अस्पतालमै, बन्द पसल अगाडि न्यायको गुहार

आठ दिनदेखि निराको शव अस्पतालमै, बन्द पसल अगाडि न्यायको गुहार

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : बुधवार प्रतिनिधिसभामा सदस्य गगन थापाले वरपरको मानिस आत्तिएको अभिव्यक्ति दिए। त्यस्तै, उनले सुरक्षा निकायको अनुसन्धान र सुरक्षाप्रति नै विश्वास गर्ने वातावरण नबनेको टिप्पणी गरे। उनको अभिव्यक्तिको सन्दर्भ हो कपनको सरस्वती नगरको हत्या प्रकरण।

वैसाख ७ गते दिउँसो कपनको 'निरु किचेन'मा बागलुङ वडिगाढ गाउँपालिका घर भएकी ३५ वर्षीय निरा आचार्य पाण्डे मृत अवस्था भेटिइन्। उनको शरीरमा धारिलो हतियारले पटक पटक प्रहार गरिएको चिन्हहरु देखिएको छ। निरालाई खोज्दै नजिकैकी एक महिला दिउँसो करिब साढे ३ बजे उनले संचालन गर्दै आएको भाँडा पसल पुगेकी थिइन्। पसलमा नदेखेपछि निराका श्रीमानलाई उनले फोन गरेर सोधिन्। उनका श्रीमानले निरा पसलमा नै भएको बताए। पसलभित्र निरा त थिइन् तर रगताम्मे भएर लडेको अवस्थामा। त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएपछि चिकित्सकले उनको मृत्यु भइसकेको जनाए। एउटा संदेहपूर्ण मृत्युको कारण अझै खुलेको छैन।

आठ दिनदेखि उनको शव अस्पतालमा नै छ। आफन्तले हत्याराको पहिचान नभएसम्म शव नबुझ्नै भन्दै आएका छन्। यता प्रहरीले अनुसन्धान  जारी राखे पनि अभियुक्तसम्म पुग्न सकेको छैन। सीसी क्यामरामा केही संदिग्ध व्यक्ति देखिए पनि पुष्टि गर्ने थप आधार भेटिएको छैन। त्यसो त पसलमा छिरेको र निस्किएको देखिने ठाउँमा क्यामरा थिएन। त्यसैले वरपर रहेका क्यामराको सहायता प्रहरीले अनुसन्धान गरिरहेको छ। अन्य प्राविधिक र मानवीय पक्षबाट पनि घटनाको अनुसन्धान भइरहेको प्रहरीको दावी छ।

व्यस्त ठाउँमा दिउँसो भएको घटनामा प्रहरीले हत्यारा पहिचान गर्न नसेको भन्दै दैनिक प्रदर्शन भइरहेको छ। बिहीवार पनि मृतका आफन्त र स्थानीयले प्रदर्शन गरेका छन्। तर, निराको हत्याको कारण र अभियुक्तसम्म पुग्ने गतिलो क्लु प्रहरीले फेला पार्न सकेको छैन।



ट्रेन्डिङ पोस्ट

Ncell