PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

२५ वर्षपछि एकसाथ काम गर्दै करण र सलमान



पहिलोपोस्ट

२५ वर्षपछि एकसाथ काम गर्दै करण र सलमान

'करण जोहरको फिल्ममा सलमान खान,' अहिले भारतीय संचारमाध्यमहरुमा यस्तै हेडलाइन प्रकाशित भइरहेका छन्। हुनत: कुनै निर्देशक र नायक एकसाथ काम गर्नु नौलो कुरा होइन। तर, २५ वर्षपछि सलमान र करण एकसाथ फिल्ममा काम गर्ने भनेपछि यसको चर्चा अहिले चुलिएको हो। 

सलमानले करण जोहरसँग २५ वर्षपछि फिल्ममा एकसाथ काम गर्न लागेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन। सन् १९९८ मा रिलिज भएको ‘कुछ कुछ होता है’ मा दुवैले पहिलोपटक सहकार्य गरेका थिए। शाहरुख खान र काजलको मुख्य भूमिका रहेको फिल्ममा सलमान खान अतिथि भूमिकामा देखिएका थिए।

त्यसपछि करणले धेरैजसो फिल्महरु शाहरुखलाई नै लिएर बनाए। ती फिल्महरु बक्सअफिसमा सफल पनि भए। तर, त्यसपछि करणको निर्माण र निर्देशनमा बनेको फिल्ममा काम गर्ने अवसर सलमानलाई जुरेन। तर, अब भने दुबैको सहकार्य हुने लगभग निश्चित भएको बताइएको छ।

अर्को वर्षको ईदमा प्रदर्शन हुने यस फिल्मलाई ‘शेरशाह’ का निर्देशक विष्णु वर्धनले निर्देशन गर्दैछन्। तर, निर्माण टिमले फिल्मबारे औपचारिक जानकारी भने दिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell