PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

गौथली इन्टरटेन्मेन्टको आयोजनामा ‘डक टक’ हुँदै



पहिलोपोस्ट

गौथली इन्टरटेन्मेन्टको आयोजनामा ‘डक टक’ हुँदै

काठमाडौं: गौथली इन्टरटेन्मेन्टले वृतचित्रका पारखीका लागि बुद्ध जयन्तीको अवसरमा शैक्षिक कार्यक्रम ‘डक टक’ आयोजना गर्ने भएको छ। यस कार्यक्रममा नेपाली फिचर तथा लघु वृत्तचित्रको प्रदर्शनीसहित निर्देशकहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिनेछ।

वैशाख २२ गते निर्देशक प्रणय लिम्बुको ‘उर्मी’ प्रदर्शनीमा हुनेछ। र, २३ गते तारा प्रसुना डङ्गोलको ‘बिफोर यू वेर माई मदर’ देखाइने छन।

यि दुई फिचर वृत्तचित्रबाहेक, ‘डक टक’ कार्यक्रममा नेपाली युवा चलचित्रकारद्वारा निर्देशित विभिन्न लघु वृत्तचित्रका पनि प्रदर्शन गरिनेछन्।

वैशाख २२ मा प्रतिभा पन्तको ‘बियरर अफ ग्लास बीड्स्’, पु्ष्पा जोशी र एञ्जेला चौधरीको ‘ललिता’, सम्राट खनालको ‘थ्रू द सिङ्गिङ् भिलेजेस’, र श्रीषा कुँवर र एञ्जेला चौधरीको ‘मेरो बुवा’ लघु वृत्तचित्र देखाइने छ।

त्यस्तै, वैशाख २३ गते प्रदर्शन हुने लघु चलचित्रमा सहयोगराज अधिकारी र एलएसएमको ‘यात्रा’, मीरा खड्का र अस्मिता लावतीको ‘एक-एक’, दीपा श्रेष्ठको ‘ड्रिफ्टिङ क्लाउड्स’, र शुभाङ्गी खड्काको ‘आमाको स्कुल’ रहेका छन्।

सिटीसि मलस्थित सिडीसि सिनेमाज आयोजना हुने कार्यक्रममा प्रवेश नि:शुल्क रहेको विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell