PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

तिनाउ नदीमा डुबेका किशोर मृत फेला



पहिलोपोस्ट

तिनाउ नदीमा डुबेका किशोर मृत फेला

बुटवल : पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानस्थित तिनाउ नदीमा डुबेर बेपत्ता भएका एक किशोर मृत फेला परेका छन्। बुधबार दिउसो रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ गल्लामण्डीका १७ वर्षीय शिशिर उपाध्याय ड्यामसाईडस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार बिहीवार दिउँसो सोही ठाउँमा उनको शव फेला परेको हो। शवलाई पोष्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell