PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रायलेले घोषणा गर्‍यो 'हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान'



पहिलोपोस्ट

डेंगु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रायलेले घोषणा गर्‍यो 'हरेक शुक्रबार साढे दश बजे दश मिनेट अभियान'
फाइल फोटो

काठमाडौं : स्वास्थ्य मन्त्रालयले हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गर्न आग्रह गरेको छ। डेंगु नियन्त्रणका लागि त्यसैले बैशाख १५ गते शुक्रबार देखि अब आउने हरेक शुक्रबार बिहान साढे दश बजे दश मिनेट अभियान संचालन गर्न मन्त्रालयले अनुरोध गरेको हो।

मन्त्रालयले सबै सरकारी तथा सार्वजनिक कार्यालयहरुले आफ्नो कार्यालय हाताभित्र र वरपर सबै कर्मचारी सहभागी भई सरसफाई अभियान अनिवार्य संचालन गर्न आग्रह गरेको छ।

गत वर्ष नेपालमा डेंगु संक्रमण हालसम्मकै अत्याधिक भएको र यो वर्ष पनि डेंगुका बिरामी बढ्न सक्ने सम्भावित मौसमपूर्व नै संक्रमण बढ्दै गरेको अवस्था रहेको मन्त्रालययले जनाएको छ। डेंगु संक्रमण सबैको प्रयासले मात्रै रोकथाम र नियन्त्रण गर्न सकिने भएकोले मन्त्रालयले यो अभियानमा सर्वसाधारण, निजी क्षेत्र र सरोकारवाला सबै व्यक्ति एवं निकायहरुले समन्वय गरिदिन पनि आग्रह गरेको छ।

मन्त्रालयले डेंगु संक्रमण हुन नदिन लामखुट्टेको वृद्धि विकास रोक्न र संक्रमित लामखुट्टेको टोकाईबाट बच्न बचाउन आवश्यक रहेको जनाएको छ। त्यसैले बस्ने र काम गर्ने स्थानमा लामखुट्टेले संक्रमण फैलाउने वातावरण बन्न नदिन सबै संवेदनशिल बन्नु पर्नेमा मन्त्रालयले जोड दिएको छ।

डेंगु गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि थोरै वा धेरै मात्रामा जमेर रहेको स्थीर सङ्गलो पानीमा अण्डा पारेर वृद्धि विकास गर्ने र संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टेले संक्रमण गराउने मन्त्रालयले जनाएको छ। डेंगु संक्रमणको नियन्त्रण गर्न हामी सबैले आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाईबाट बच्ने उपायहरु गर्नुपर्ने मन्त्रालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell