काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग युरोपेली संघकी राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघबिच रहेको द्विपक्षीय सम्बन्ध थप मजबुत तथा सौहाद्र्धपूर्णरूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए।
सो क्रममा राजदूत डेप्रेजले नेपाल र युरोपेली संघबिचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे जानकारी गराएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।