PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त



पहिलोपोस्ट

लुम्बिनीको मुख्यमन्त्रीमा डिल्ली चौधरी नियुक्त

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता प्रदेश मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।

यससँगै चौधरी लुम्बिनी प्रदेशका चौथो मुख्यमन्त्री बनेका छन्। यसअघि प्रदेशको मन्त्री भएर काम गरिसकेका चौधरीलाई मुख्यमन्त्रीमा लुम्बिनी प्रदेशका ८ दलका ५२ र एकजना स्वतन्त्र सांसदको समर्थन रहेको छ।

नेपाली कांग्रसेका २७ जना, नेकपा माओवादी केन्द्रका १० जना, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टीका ३ जना, जनता समाजवादी पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एकएक जना र एकजना स्वतन्त्र सांसदसमेत गरि ५३ जना सांसदको समर्थन चौधरीलाई रहेको छ।

विश्वासको मत गुमाउँदै नेकपा (एमाले) नेतृत्वको सरकार ढलेपछि यहाँ नयाँ गठबन्धन सरकार बनेको हो। मुख्यमन्त्रीको शपथ शुक्रबार हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

चौधरी दाङको तुलसीपुर उपमहानगरपालिका-६ डुम्रीगाउँमा २०२६ सालमा जन्मिएका हुन्। चौधरीले समाजशास्त्रमा स्नातक गरेका छन्।

२०४२ सालदेखि नै राजनीति र सामाजिक सेवामा सक्रिय रहेका चौधरी २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा दाङको क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए। २०७४ सालमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका चौधरीले एमालेका महासचिव शंकर पोखरेल मुख्यमन्त्री हुँदा लेखा समितिको सभापतिको जिम्मेवारी निर्वाह गरेका थिए। पोखरेलपछि मुख्यमन्त्री भएका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीको नेतृत्वमा चौधरीले ग्रामीण, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएर काम गरेका थिए।

लुम्बिनीमा गत  पुस २७ गते ५८ जना सांसदको समर्थनसहित एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। गत १२ चैतमा माओवादी केन्द्रसहितका दलले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा परेको थियो। बैशाख ११ गते प्रदेशसभाबाट उनले विश्वासको मत नपाएछि उनी स्वतः पदमुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell