PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प



पहिलोपोस्ट

बाजुरा केन्द्रविन्दु भएर तीन पटक भूकम्प
Photo : Shutterstock

काठमाडौं : बाजुरा जिल्लाको दहकोट केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको दहकोट केन्द्रविन्दु भएर गए राति छुट्टाछुट्टै समयमा तीन पटक भूकम्प गएको हो।

केन्द्रका अनुसार हिजो राति ११ बजेर ५८ मिनेट जाँदा ४ दशमलव ९, राति १ बजेर ३० मिनेट जाँदा ५ दशमलव ९ र राती १ बजेर ५१ मिनेट जाँदा ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

भूकम्पको क्षतिबारे भने अहिलेसम्म एकिन हुन नसकेको बताइएको छ।

यसअघि गत वैशाख ४ गते बाजुराकै जुगाडा केन्द्रविन्दु भएर ३ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell