PahiloPost

Jul 26, 2026 | १० साउन २०८३

‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुने



पहिलोपोस्ट

‘अन्तिम संस्कार’ असार ८ गते रिलिज हुने

काठमाडौं : 'अन्तिम संस्कार' को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आउँदो असार ८ गतेबाट प्रदर्शन हुने पक्का भएको हो।

यो फिल्म लण्डनमा बस्दै आएका प्रदीप शाहीले निर्देशन गरेका हुन्। यस फिल्ममा क्यापटेन तथा कलाकार विजय लामा, दिया पुन, एवनराज उप्रेती, त्रिचन्द्र राई, रेश्मा घिमिरे, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतको मुख्य भूमिका रहेको छ। साथै फिल्ममा श्याम राई, पासाङ्ग शेर्पा, दिग्गज खत्री, सुस्मिता गिरी, आईशा तामाङ, सुरज खालिङ लगायतको पनि अभिनय छ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य बनेको फिल्मको विनोद सुवेदी क्षितिज निर्माता हुन। सामाजिक र सांस्कृतिक कथावस्तुमा निर्माण भएको यो ‘मर्डर मिस्ट्रि ’ फिल्म हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell