PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

महानगरले फोर्‍यो विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला



पहिलोपोस्ट

महानगरले फोर्‍यो विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरको एक विद्यालयमा दलगत शैक्षिक सङ्गठनले लगाएको ताला फोरेको छ। महानगरले शुक्रवार विद्यालयमा लगाइएको ताला फोरेको हो।

महानगर प्रमुख बालेन साहले सामाजिक सञ्जालमार्फत महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि वर्जित गरिएको सूचनाको विरोध गर्दै एक दलगत शैक्षिक सङ्गठनले लगाएको ताला फोरेको जानकारी दिए।

उनले भनेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो। हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौँ।’

प्रमुख साह विद्यालयमा राजनीतिक गतिविधिको विरुद्धमा रहँदै आएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell