PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

किभसहित युक्रेनका अन्य शहरहरुमा हवाई आक्रमण



पहिलोपोस्ट

किभसहित युक्रेनका अन्य शहरहरुमा हवाई आक्रमण
Photo : AP

युक्रेनका कयौं शहरहरुमा हवाई आक्रमण भएको छ। ‘एयर रेड’ का कारण हालसम्म दुईजनाको मृत्यु भएको र पाँचजना घाइते भएको अलजजिराले उल्लेख गरेको छ।

राजधानी किभसँगै अन्य शहरहरुमा हिजो राति देखि नै हवाई आक्रमण भइरहेको छ। आक्रमणका कारण ठूला भवनहरुमा क्षति पुगेको भिडियोहरु सार्वजनिक भइरहेका छन्। किभले भने आफूहरुको एयर डिफेन्स सिस्टमले ११ वटा क्रुज मिसाइल र दुईवटा ड्रोन आक्रमणलाई रोकेको जनाएको छ।

रसियाले युक्रेनका दुई विद्रोही क्षेत्रलाई स्वतन्त्र राज्य घोषणा गरेपछि एक वर्षभन्दा बढी समयदेखि युद्ध भइरहेको छ। युद्ध सुरुभएयता चीनका राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीबिच केहीदिन अघि मात्रै पहिलोपटक कुराकानी भएको थियो।

चीनले अहिले आफूलाई रसिया र युक्रेन बिचको युद्ध रोक्न पहल गरिरहेको छ। दुई देशका राष्ट्रअध्यक्षबिच भएको ऐतिहासिक वार्तापछि नै युक्रेनमा फेरि ठूलो संख्यामा आक्रमण भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell