PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

५ सय रुपैयाँले घट्यो सुनको मूल्य, बिहेको लगन नजिकिँदा कारोबारमा सकारात्मक प्रभाव



पहिलोपोस्ट

५ सय रुपैयाँले घट्यो सुनको मूल्य, बिहेको लगन नजिकिँदा कारोबारमा सकारात्मक प्रभाव

काठमाडौं : सुनचाँदीको कारोबार मूल्यमा गिरावट छ। साताको अन्तिम दिन सुन तोलामा ५ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ।

शुक्रवारका लागि सुनको बजार मूल्य प्रतितोला १ लाख ९ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सय रुपैयाँ घट्दा बिहीवार प्रतितोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

बिहीवार स्थिर रहेको चाँदीको मूल्य भने साताको अन्तिम दिन ५ रुपैयाँ घटेको छ। शुक्रवार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँ भएको छ। अघिल्लो दिन प्रतितोला १४ सय २० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा प्रभाव स्थानीय बजारमा देखिएको छ। बिहेको लगन नजिकिएपछि स्थानीय बजारमा सुनको मूल्य घट्दा कारोबारमा सकारात्मक असर पर्ने महासंघले जनाएको छ।

बिहीवार प्रतिऔंस १९९९.७६ डलर रहेको सुन शुक्रवार घटेर प्रतिऔंस १९८७.६६ डलरमा आइपुगेको छ। चाँदी प्रतिऔंस २५.८ डलरबाट घटेर शुक्रवार २४.९६ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell