PahiloPost

Feb 20, 2026 | ८ फागुन २०८२

हलिउड फिल्म ‘आइस रोड २’को छायाङ्कन नेपालमा हुने



पहिलोपोस्ट

हलिउड फिल्म ‘आइस रोड २’को छायाङ्कन नेपालमा हुने

पछिल्लो समय नेपालमा विदेशी फिल्महरुको छायाङ्कन बढ्दो छ। दक्षिण भारतीय अभिनेता अजित कुमार हाल फिल्मको छायाङ्कनको क्रममा नेपालमा छन्।

यसैबिच, हलिउड फिल्म ‘आइस रोड २ : रोड टु द स्काई’को छायाङ्कन नेपालमा हुने भएको छ। लियम नीसनको मुख्य भूमिका रहने ‘आइस रोड २’ सन् २०२१ को फिल्म ‘द आइस रोड’को सिक्वेल हो। यसको सुटिङ नेपालका पहाडी क्षेत्रमा हुने हलिउड म्यागजिन डेडलाइनमा उल्लेख गरिएको छ।

फिल्ममा लियमलाई माइक म्याककनको रूपमा देख्न पाइनेछ। जहाँ उनी भाइको इच्छानुसार अन्त्येष्टिको लागि अस्तु बोकेर नेपालको सगरमाथा क्षेत्रमा आउनेछन्।

१२ हजार फिट उचाइमा माइक र उनको टोली चढेको बसमा आक्रमण हुनेछ। आफू र निर्दोष यात्रुलाई बचाउन माइकले दुश्मनहरुसँग लड्नुपर्छ। जुन लडाइँमा नेपाली स्थानीयवासी लाई सहभागी गराइने उल्लेख गरिएको छ।

जोनाथन हेन्सलेको लेखन र निर्देशन रहने फिल्मको छायाङ्कन सन् २०२४ को मार्चदेखि सुरु हुने बताइएको छ। हाल भने यस फिल्मको प्रि-प्रोडक्सनको काम चलिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell