PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

एनआरटीसँग पराजय ब्यहोर्दै शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो थ्री स्टार

एनआरटीसँग पराजय ब्यहोर्दै शीर्ष स्थानमा उक्लने अवसरबाट चुक्यो थ्री स्टार

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: शहीद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा न्युरोड टिम (एनआरटी)ले थ्री स्टार क्लबलाई हराएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा एनआरटीले थ्री स्टारमाथि १-० गोलको जित निकालेको हो। 

एनआरटीको जितमा सञ्जीव बिस्टले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमै थ्री स्टारका सन्तोष साहुखल पेनाल्टीमा गोल गर्न चुक्दा थ्री स्टार खेलमा फर्कन सकेन। 

पराजयसँगै थ्री स्टारले शीर्षस्थानमा उक्लने अवसरबाट चुकेको छ। जावलाखेल युथ क्लब १२ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको थ्री स्टारको १३ खेलबाट २२ अंक छ। त्यस्तै आज जित निकालेको एनआरटी १३ खेलबाट १६ अंक जोड्दै आठौँ स्थानमा उक्लिँदा रेलिगेशनको भयबाट केही राहत मिलेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell