बुटवल : लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदभार ग्रहण गरेका छन्।
शुक्रवार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका मुख्यमन्त्री चौधरीले प्रदेशको राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि मुख्यमन्त्री चौधरीले प्रदेशको स्थायित्व र विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए। राजधानी कार्यान्वयनको जिम्मेवारी सरकारको काँधमा आएको उनको भनाइ थियो।
‘राजधानी घोषणादेखि कार्यान्वयनमा हामी सँगसँगै छौँ, अब पनि निरन्तरता दिन्छौँ,’ उनले भने।