PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

प्रतिनिधि सभाका दश विषयगत समिति : शीर्ष नेता को कता?



पहिलोपोस्ट

प्रतिनिधि सभाका दश विषयगत समिति : शीर्ष नेता को कता?

काठमाडौं : प्रतिनिधिसभामा १० विषयगत समितिमा हुने सदस्यको नाम मनोनित भएको छ।। शुक्रवारको बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १७३ बमोजिम १० वटा विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनका लागि प्रस्ताव गरेका थिए।

बैठकमा विषयगत समितिमा रहने सांसदहरुको नामसहितको उक्त प्रस्ताव बैठकले सर्वसम्मतिले अनुमोदन गरेको हो। 

शीर्ष नेता को कता ?

प्रतिनिधि सभाको अर्थ समितिमा फोर्ब्स अर्बपति विनोद चौधरीदेखि भर्खरै निर्वाचित भएर आएका स्वर्णिम वाग्लेसम्म परेका छन्। दुई पूर्व अर्थमन्त्री विष्णु पौडेल र ज्ञानेन्द्र कार्की पनि यस समितिमा परेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसम्म यस समितिमा अटाएका छन्। कांग्रेसबाट यस समितिमा डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा नारायण खड्कालाई अटाएका छन्। राप्रपाका पशुपति शम्शेर, लोसपा अध्यक्ष महन्थ ठाकुर पनि यस समितिमा छन्।

यस समितमा कांग्रेस सभापति शेरबहादुर देउवादेखि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि छन्। कांग्रेस प्रमुख सचेतक रमेश लेखक, डा शशांक कोइराला र सहमहामन्त्री जीवन परियार यही समितिमा अटाएका छन्। एमालेबाट सचेतक महेश वर्तौला, राप्रपाका ध्रुवबहादुर प्रधान पनि यसै समितिमा छन्।

कांग्रेसकी डा आरजु देउवा भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा छिन्। कांग्रेस उपसभापति धनराज गुरुङ महिला तथा सामाजिक मामिला समितिमा छन्।

कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रका शर्मा राज्य व्यवस्था तथा सुशासन समितिमा छन्। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीदेखि रास्वपाका अध्यक्ष रवि लामिछाने पनि यही समितिमा छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सार्वजनिक लेखा समितिमा छन्। प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नाम कुनै समितिमा नरहेको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell