PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

कार्यवाहक राष्ट्रपति यादवले अन्त्य गरे संसद् अधिवेशन, पत्रको जानकारी दिन नपाइ प्रतिनिधि सभामा अवरोध



पहिलोपोस्ट

कार्यवाहक राष्ट्रपति यादवले अन्त्य गरे संसद् अधिवेशन, पत्रको जानकारी दिन नपाइ प्रतिनिधि सभामा अवरोध

काठमाडौंः कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संघीय संसद्को चालु अधिवेशन अन्त्य गरेका छन्। मन्त्रिपरिषदको सिफारिसमा वैशाख १५ गते (आज), रातिदेखि लागू हुनेगरी यादवले अधिवेशन अन्त्य गरेका हुन्। 

अधिवेशन अन्त्यको जानकारी संसद्मा पठाइएको छ। 

अधिवेशन अन्त्यको जानकारी संसदमा पठाइए पनि पत्र पढेर सुनाउने कार्यसूची सम्पन्न भएको छैन। 

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको बिदा विवादका कारण प्रतिनिधि सभाको बैठक निष्कर्षमा पुग्न सकेको छैन। शुक्रबार १ बजे बसेको बैठकमा अधिवेशनमा अनुपस्थित सांसदको बिदा स्वीकृतिको विषयमा विवाद भएपछि बैठक स्थगित भएको थियो। कोइरी फौजदारी मुद्दामा फरार रहेको भन्दै सत्तापक्षका सांसदले बिरामी बिदा स्वीकृत गर्न नमिल्ने अडान लिएका छन्। 

सभामुख देवराज घिमिरेले भने प्रतिनिधि सभा नियमावली २०७९ पारित भएपछि कोइरीको अवस्थाबारे अधिकारप्राप्त निकायबाट कुनै जानकारी प्राप्त नभएकाले निलम्बनको प्रक्रिया अघि बढाउन नसकिएको जवाफ दिएका छन्। सत्तापक्षका सांसदहरुले बिरामी बिदा स्वीकृत भने गर्न नमिल्ने अडान लिइरहेका छन्। 

राति ८ बजे प्रतिनिधि सभाको बैठक पुनः बोलाइएको छ। उक्त बैठक चलेमा अधिवेशन अन्त्यको पत्र जानकारी गराइने छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell