PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत



रासस

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

कर्णालीः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गरेका छन्।

कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको चौधौँ बैठकमा सभामुख नन्दा गुरुङ्ले मुख्यमन्त्री शर्मालाई समय दिएसँगै उनले नेपालको संविधान २०७२ को धारा १८८ को उपधारा २ बमोजिम विश्वास आफूलाई विश्वास प्राप्त छ भनी सभामा प्रस्ताव पेश गरेका थिए। जसअनुरुप उनले प्रदेश सभाबाट तेस्रो पटक विश्वासको मत प्राप्त गरी मुख्यमन्त्री बन्न सफल भएका हुन्।

प्रदेश सभाका ३९ सदस्यमध्ये २९ जनाले उनलाई विश्वासका मत दिएका थिए। मुख्यमन्त्री शर्माले योसहित तेस्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्। नेकपा (माओवादी केन्द्र) का १३, नेपाली कांग्रेसका १४, नेकपा (एकीकृत समाजवादी) पार्टीका एक र एक स्वतन्त्र सदस्य गरी २९ जनाले मुख्यमन्त्री शर्माको पक्षमा विश्वासको मत दिएका थिए।

नेकपा (एमाले) का नौ र राप्रपाका एक गरी १० सदस्यले मुख्यमन्त्रीको विपक्षमा मतदान गरेका थिए। गत माघ ६ गते एमाले, नेकपा (एकीकृत समाजवादी) र राप्रपासहितले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएका थिए। राष्ट्रिय राजनीति बदलिएसँगै सङ्घ सरकारबाट राप्रपा बाहिरिएपछि कर्णालीमा पनि फागुन १८ गते मुख्यमन्त्री शर्मा नेतृत्वको सरकारबाट राप्रपाले समर्थन फिर्ता लिएपछि चैत्र १७ गते दोस्रो पटक सभाबाट उनले विश्वासको मत लिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell