PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

नेपाल टस हारेर ब्याटिङमा, गुलसनको स्थानमा करण टिममा



पहिलोपोस्ट

नेपाल टस हारेर ब्याटिङमा, गुलसनको स्थानमा करण टिममा
तस्बिर: क्यान

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपाल टस हारेर सुरुवाती ब्याटिङमा उत्रने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा कुवेतले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएको हो। नेपाल समूह 'ए' बाट अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनल पुगेको हो भने कुवेत  समूह 'बी' बाट उपविजेता बनेर सेमिफाइनल पुगेको हो।

नेपालको प्लेइङ ११ मा अघिल्लो खेल खेलेका गुलसन झा बाहिरिएका छन् भने उनको स्थान करण केसीले लिएका छन्।

आजको खेलमा जित निकाल्ने टोलीले ओमन र यूएईबीचको विजेतासँग फाइनल खेल्नेछ। फाइनलमा पनि जित निकाल्ने टोलीले एसिया कप खेल्नेछ।

प्रिमियर कपको समूह ‘ए’ मा नेपाल, मलेसिया, ओमन, साउदी अरेबिया र कतार थिए भने समूह ‘बी’मा हङकङ, बहराइन, यूएई, कुवेत र सिंगापुर।

दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछन्। र, फाइनल पुग्ने दुई टोलीमध्ये विजेताले एसीसी एसिया कपमा स्थान बनाउने छ। र, एसियाका शीर्ष राष्ट्रहरुसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै, शीर्ष तीन टोलीले इमर्जिङ एसिया कपमा प्रतिस्पर्धा गर्नेछन् जसमा एसियाली टेस्ट राष्ट्रहरुको ‘ए’ टिमको सहभागिता रहनेछ।

नेपाली टोली

रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell