PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

चट्याङ लागेर ताप्लेजुङमा एक वृद्धको मृत्यु



रासस

चट्याङ लागेर ताप्लेजुङमा एक वृद्धको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा गए राति चट्याङ लागेर एक वृद्धको ज्यान गएको छ। सिदिङ्वा गाउँपालिका-६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसराम कार्कीका अनुसार घरैमा बसिरहेको अवस्थामा कडरियलाई चट्याङ लागेको हो। इलाका प्रहरी कार्यालय तेल्लोकको टोली घटनास्थलमा गएको छ।

शव परीक्षणका लागि शनिवार जिल्ला अस्पताल ल्याइने कार्कीले बताए। केही दिनअघि मात्रै चट्याङ लागेर मैवाखोला गाउँपालिकामा एक बालकको ज्यान गएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell