PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

कुवेतविरुद्ध नेपालको आक्रामक सुरुवात, नेपालको प्रतियोगिताकै उत्कृष्ट ‘ओपनिङ पार्टनरसिप’



पहिलोपोस्ट

कुवेतविरुद्ध नेपालको आक्रामक सुरुवात, नेपालको प्रतियोगिताकै उत्कृष्ट ‘ओपनिङ पार्टनरसिप’
फाइल फोटो।

काठमाडौं : एसीसी प्रिमियर कपमा शनिवार सेमिफाइनलको खेल हुँदैछ। सेमिफाइनको खेलमा नेपालले कुवेतसँग खेलिरहेको छ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपालको प्रदर्शन उत्कृष्ट छ। ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गरेका छन्।

१० ओभर सकिँदा स्कोरबोर्डमा नेपालको ७६ रन पुगेको छ। जसमा कुशलले ४३ र आसिफले ३० रन बनाए।

३५ बल खेलेका कुशलले ४ चौका र १ छक्काप्रहार गर्दै अर्ध शतकको नजिक पुगेका छन्। २६ बल खेलेका आसिफले १ चौका र ३ छक्का प्रहार गर्दै ३० रन जोडेका हुन्। यो ‘ओपनिङ पार्टनरसिप’ नेपालको यस प्रतियोगिताकै उत्कृष्ट हो।

प्रतियोगिताको यसअघिका खेलमा नेपालको ओपनिङ साझेदारी राम्रो थिएन। प्रतियोगिताको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालको पहिलो विकेटका लागि ५ रनको साझेदारी र दोस्रो विकेटका लागि ४८ रनको साझेदारी बनेको थियो।

दोस्रो खेलमा ओमनविरुद्ध नेपालको ओपनिङ साझेदारी शून्य रनको थियो। दुवै ओपनर खाता नखोल्दै आउट भएका थिए।

तेस्रो खेल टस पनि नभइ रद्द भयो भने चौथो खेलमा पहिलो विकेटका लागि ३ रन र दोस्रो विकेटका लागि ६ रनको साझेदारी बनेको थियो। अझ ९ विकेट गुमाउँदा १११ रनको दयनीय अवस्था थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell