PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

नेपाल कुवेतबीचको खेलमा वर्षा वाधक, ओमन र यूएईको खेल भने जारी



पहिलोपोस्ट

नेपाल कुवेतबीचको खेलमा वर्षा वाधक, ओमन र यूएईको खेल भने जारी
तस्बिर: क्यान

काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको हो।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन बनाएर पहिलो विकेटका रुपमा १०.५ ओभरमा एडनन इड्रेसको बलमा क्याचआउट भए। दोस्रो विकेटका रुपमा भीम सार्की १ रन बनाएर मोहम्मद अस्लमको बलमा क्याचआउट भए। त्यस्तै तेस्रो विकेश आशिफको गयो। उनले ३१ रन बनाएर इड्रेसकै बलमा क्याचआउट भए।

खेलचलिरहँदा वर्षा भएपछि खेल रोकिएको छ।

मुलपानीमा भने यूएई र ओमनबीचको खेल जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ३७ औँ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १७४ रन बनाएको छ।

नेपाली टोली

रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell