PahiloPost

May 25, 2026 | ११ जेठ २०८३

वर्षाले बाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु, दर्शकको उल्लेखनीय उपस्थिति



पहिलोपोस्ट

वर्षाले बाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु, दर्शकको उल्लेखनीय उपस्थिति
तस्बिर : क्यान

काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु भएको छ।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन बनाएर पहिलो विकेटका रुपमा १०.५ ओभरमा एडनन इड्रेसको बलमा क्याचआउट भए। दोस्रो विकेटका रुपमा भीम सार्की १ रन बनाएर मोहम्मद अस्लमको बलमा क्याचआउट भए। त्यस्तै तेस्रो विकेश आशिफको गयो। उनले ३१ रन बनाएर इड्रेसकै बलमा क्याचआउट भए।

खेलचलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो। हाल भने खेल सुरु भएको छ।

मुलपानीमा भने यूएई र ओमनबीचको खेल जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ओमनसामू २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नेपाली टोली

रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell