PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

प्रिमियर कपको फाइनल पुग्न ओमनलाई २ सय ३७ रनको लक्ष्य



पहिलोपोस्ट

प्रिमियर कपको फाइनल पुग्न ओमनलाई २ सय ३७ रनको लक्ष्य
Photo: Emirates Cricket

काठमाडौँ: एसीसी प्रिमियर कप अन्तर्गत मुलपानी क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा युएईले ओमनलाई २ सय ३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २३६ रन बनाएको थियो।

यूएईका लागि कप्तान मोहम्मद वसीमले सर्वाधिक ४८ रन बनाउँदा रमिज सहजाजले ४६ तथा आशिफ खान र वसील हमीदले समान ३४ रन बनाए। त्यस्तै आर्यन लार्काले २४ तथा बृत्य अरबिन्दले १८ रन बनाए।

बलिङतर्फ ओमनका बिलाल खान र जेसन मक्सुदले समान ४ विकेट लिँदा आयन खानले २ विकेट लिए।

अर्कोतर्फ कीर्तिपुरमा जारी अर्को सेमिफाइनलमा भने टस हारेर नेपालले ब्याटिङ गरिरहँदा पानी परेपछि खेलमा रोकिएको थियो। जसका कारण ४२/४२ ओभरमा खेल छोट्याएर पुन सुचारु भएको छ। २६५ ओभरमा चलिरहँदा नेपालले ३ विकेट गुमाएर १६७ रन बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell