काठमाडौँ: एसीसी प्रिमियर कपको सेमिफाइनल अन्तर्गत नेपाल र कुवेतबीचको खेल वर्षाले वाधा गरेपछि ४२ ओभरमा छोट्याएर खेल सुरु भएको छ। खेल सुरु भएसँगै आक्रामक ब्याटिङ सुरु गरेको कप्तान रोहितकुमार पौडेल र कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाएको अवस्थामा पानी परेपछि खेल वाधित भएको थियो। खेल सुरु भएपछि कप्तान पौडेललेले ५६ बलमा ४ चौका र १ छक्काको सहायतामा अर्धशतक पुरा गरे।
त्यस्तै कुशल मल्लले त्यसैको अर्को बलमा छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। मल्लले ४२ बलमा ४ चौका र ३ छक्काको सहायतामा अर्धशतक पुरा गरेका हुन्।
पहिलो विकेटका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले ७७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए। भूर्तेलले ४३ रन बनाएर पहिलो विकेटका रुपमा १०.५ ओभरमा एडनन इड्रेसको बलमा क्याचआउट भए। दोस्रो विकेटका रुपमा भीम सार्की १ रन बनाएर मोहम्मद अस्लमको बलमा क्याचआउट भए। त्यस्तै तेस्रो विकेश आशिफको गयो। उनले ३१ रन बनाएर इड्रेसकै बलमा क्याचआउट भए। त्यसयता ब्याटिङमा कप्तान रोहितकुमार पौडेल र कुशल मल्लको साझेदारी जमेको थियो। २८.२ ओभरमा ३ विकेट गुमाएर नेपालले १८९ रन बनाएको छ। मल्लले पौडेलसँग १०९ रनको साझेदारी बनाउँदै २८.३ ओभरमा आउट भए। मल्लले ५७ रन बनाएर सायद मोनिबको बलमा क्याचआउट भएका थिए।
हाल क्रिजमा पौडेल र आरिफ शेख छन्।
खेलचलिरहँदा वर्षा भएपछि खेल रोकिएको थियो। हाल भने खेल सुरु भएको छ।
मुलपानीमा भने यूएई र ओमनबीचको खेल जारी छ। टस हारेर ब्याटिङमा उत्रिएको यूएईले ओमनसामू २३६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
नेपाली टोली
रोहितकुमार पौडेल, आशिफ शेख, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्कि, करण केसी, सोमपाल कामी, कुशल मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछाने, ललितनारायण राजवंशी