PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

२१ वर्षीय छोराको हत्या अभियोगमा बाबु समातिए



पहिलोपोस्ट

२१ वर्षीय छोराको हत्या अभियोगमा बाबु समातिए

काठमाडौंः हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

२१ वर्षीय छोरा अर्जुन चौधरीको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने ४७ वर्षीय महेश कुमार चौधरीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

महेश कुमारले आफ्नै घर भन्दा अन्दाजी १ सय ५० मिटर टाढा जंगलमा अर्जुन चौधरीलाई इँटा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell