काठमाडौंः काठमाडौंको एक घरमा शुक्रवार राति धनमाल चोरी भएको छ।
कागेश्वरी मनोहरा नगरपालिका-९ मेडिकल चोक बस्ने ४० वर्षीया पुष्पा गुरुङको घरको ताला फोडी चोरी भएको प्रहरीले जानकारी दिएको छ। करिब साढे ६४ तोला सुनका विभिन्न गरगहना, अमेरिकी डलर ३० हजार र नेपाली ७ लाख रूपैयाँ समेत गरी करिब १ करोड १० लाख ५० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ।